जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दबाब र विरोध थेग्न नसकेपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

चर्को विरोध र सत्तारूढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबाट पछि हटेको हो । जेनजी पुस्तालाई आन्दोलन रोक्न भन्दै माग सम्बोधन गरेको उनले बताए ।

मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । मन्त्रालयले गत भदौ १९ मा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।