जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १७ पुग्यो, २२ जनाको अवस्था गम्भीर

जन्मभुमि खबर ,

पोखरा ।

हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

अहिलेसम्म कुल १७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

मृत्यु भएर पुष्ठि भएका किर्तिपुरका ४१ वर्षीय वुद्धि बहादुर तामाङ र ठेगाना नखुलेका २१ वर्षीय सुलभराज श्रेष्ठ रहेका छन् ।