जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की कारागारबाट भागेका कैदी स्याङ्जाबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की कारागारबाट भागेका कैदीबन्दी स्याङ्जाबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कास्की कारागार कार्यालयबाट भागेका स्याङ्जाको भीरकोट नगरपालिका-३ का कैदी यमबहादुर रोका आफ्नै घरबाट पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले आज सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।