जन्मभुमि खबर ,
पोखरा ।
संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन् ।
निष्कासनमा पर्नेमा १७ जना पुरुष र दुई जना महिला छन्। स्रोतका अनुसार निष्कासनमा पर्नेमा विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका रहेका छन् । विक र सिंह महिला हुन् ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।
यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।