जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य हालसम्मकै उच्च , तोलाको १ लाख ९९ हजार नाघ्यो

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली बजारमा एक तोला सुनको भाउ दुई लाख नजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला सुन १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य २ हजार ३२५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला सुन २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।