जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा टिप्परसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु अर्का युवक गम्भिर घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा १७ स्थित मुस्ताङचोकमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनापरि एकजना युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन् ।

दुर्घटनामा परेर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २१ घर भइ हाल १७ ड्यामसाइड बस्ने २२ वर्षीय सुजन गौतमको गण्डकी मेडिकल कलेजमा बिहान १०:५० बजे मृत्यु भएको छ भने अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

आज बिहान ५:५५ बजे पोखराको मुस्ताङचोकमा पोखराको पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ट्रिपर भित्रै राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटर साइकल छिरेर दुर्घटनाग्रस्त भएको थियो ।

ग १ ख ७९२९ नम्बरको ट्रिपर र प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटर साइकल ठक्कर खाएको थियो ।

टिप्पर चालक धादिङ रोराङ गाउँपालिका ८ घर भएको बर्ष ४३ को मित्रलाल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् । घुम्तीमा मोटरसाइकल तीव्र गतिमा हुनाले टर्निङ काट्न नसकी टिप्पर मुनी पर्न गएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।