जन्मभुमि खबर ,
पोखरा ।
गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ। पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।
बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भघएका छन्। गायक शर्माको देब्रे हातमा चोट लागेको छ । कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।
शर्मा सङ्गै उक्त कारमा लोकगायकहरु शिव हमाल , घनश्याम रिजाल दाइ र गायिका कमला गैरे पनि सवार थिए
गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा पुगेका हुन्।