जन्मभुमि खबर ,
पोखरा ।
रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ ।
श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको हो ।
‘पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। १५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ,’ उनले भने, ‘उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ । आज पनि हामी अवस्था बुझ्ने कोशिसमै छौँ ।’
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने यस विषयमा विस्तृत जानकारी प्राप्त नभइसकेको जानकारी दिए ।’यस विषयमा के भएको हो भनेर राजदूतावासलाई बुझ्न भनेका छौँ,’ उनले भने, ‘दूतावास लागिरहेको खबर छ। विस्तृत जानकारी हामीले पाइसकेका छैनौँ ।