रेसलिङ सुपरस्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन
विश्व प्रसिद्ध रेसलर तथा डब्ल्यूडब्ल्यूईका हल ऑफ फेमर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ ।
हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत गरेको थियो ।
उनको सिग्नेचर मुभ्स र दमदार व्यक्तित्वले उनलाई विश्वभरका प्रशंसकहरूको मनमा अमर बनायो । स्थानीय मिडिया र टीएमजेडको रिपोर्टअनुसार, बिहीबार ९जुलाई २४, २०२५० बिहान फ्लोरिडाको क्लियरवाटरस्थित उनको घरमा आपतकालीन सेवाहरू बोलाइएको थियो । आपतकालीन चिकित्सा टोली र प्रहरी घटनास्थलमा पुगेका थिए र होगनलाई स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूको अथक प्रयासका बावजुद उनलाई बचाउन सकिएन ।
हालैका दिनहरूमा होगनको स्वास्थ्यबारे विभिन्न अफवाहहरू फैलिएका थिए । उनकी पत्नी स्काई डेलीले केही समयअघि उनको स्वास्थ्य ठीक रहेको र उनी सर्जरीबाट रिकभर भइरहेको बताएकी थिइन् । तर, अचानकको हृदयाघातले उनको जीवन समाप्त भएको छ ।
डब्ल्यूडब्ल्यूईले एक आधिकारिक बयान जारी गर्दै होगनको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ।