जन्मभुमि खबर ,
पोखरा ।
धादिङकी १६ वर्षीया एक किशोरी विगत चार दिनदेखि बेपत्ता भएकी छन् ।
धादिङको गंगाजमुना गाउँपालिका-८ घर भइ पोखरा बस्दै आएकी १६ वर्षीया अनुषा विक असार २० गतेदेखि बेपत्ता भएकी हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर-४ बस्दै आएकी बिक आफूखुसी घरबाट निस्किएर हिँडेको भन्दै अभिभावकले खोजीको लागि प्रहरीलाई अनुरोध गरेका छन् ।
अभिभावकले आफन्त, साथीसङ्गीकोमा खोजतालास गर्दा फेला नपरेको भन्दै प्रहरीले किशोरीको हुलिया सार्वजनिक गरेको छ । किशोरीलाई कहिँकतै देखेभेटे प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।