जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परको ठक्करबाट स्कुटर चालक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्याङ्जा फेदीखोला सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।
पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएको थियो । उहाँको प्रहरी र स्थानियले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा) उपचारकै क्रममा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।
टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन । उक्त दुर्घटना भए पश्चात केही समय सडक अबरुद्ध भएको थियो ।