जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई रुपैयाँ बढ्यो

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल-मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत पोखरा ,काठमाडौं र दिपायल क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल-मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।