जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हावाहुरीका कारण छाल आउँदा फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार

जन्मभुमि खबर ,
पोखरा ।

फेवातालबाट ३ जना विदेशी पर्यटकको सकुशल उद्दार गरिएको छ । काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा अचानक आएको हावाहुरीका कारण छाल आउँदा जोखिममा परेका एक महिलासहित तीन जना इजरायली पर्यटकको उद्दार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक(डीएसपी) शैलेन्द्र थापाले बताए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यू टावरमा तैनाथ विपद् उद्दार टोलिले मोटर बोटको सहयोगमा उनीहरुको सकुशल उद्दार गरेको हो । उद्दार गरिएकाहरुको अवस्था सामान्य रहेको डीएसपी थापाले बताए ।