जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

जन्मभुमि खबर ,

पोखरा ।

बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका-२ मा दुर्घटनामा परेको हो ।

उक्त गाडीमा ५ जना सवार रहेको र त्यसमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकवाल हवारीले जानकारी दिए ।

मृत्यु हुनेमा नेपाल टेलिकमको दुरसंचार प्राधिकरणका प्रमुख लोक बहादुर विष्ट, चालक कर्ण महत र बडीमालिका ७ ढम्कनेका रबी धामी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार  बुढीगंगा नगरपालिका वडा २ का २४ वर्षीय नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी वर्ष २० का लोकेन्द्र तिरुवाघाइते भएका छन्। जगन्नाथ गाउँपालिकाले घाइते दुईको उदार गरि कोल्टी आधारभुत अस्पताल पठाएको जगन्नाथ गाउँपालिकामा कार्यरत कर्मचारी राजेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

टावरको मर्मतका लागि गएको बेला सडकबाट करिब १२ मिटर तल खसेको प्रहरीले जनाएको छ ।