जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवनका एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका- २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ४२ वर्षका गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए ।

उनले आज बिहान १० बजेतिर बालबालिकालाई खुर्पा प्रहार गरेर हत्या गरेपछि आफ्नो घाँटीमा पनि प्रहार गरेका थिए । उनी पनि गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।