जन्मभुमि खबर ,
पोखरा ।
आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्न आज ३ बजेका लागि सिंहदरबारमा बोलाइएको थियो । तर, महासंघले वार्तालाई खारेज गरेको जनाएको छ ।
“वार्तामा बोलाएको हो । तर वार्तालाई हामीले खेर गर्यौं । वार्ता होइन शिक्षा ऐन खोजेको हो,’ आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “हामी आन्दोलनको मैदानमा छौँ । सिंहदरबार जादैनौं ।’
बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।