जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका– ५ सर्दाखेतका २२ वर्षीय राजन विक,  वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

पिकअपमा चारजना सवार रहेको प्रहरीले जनाएको छ । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैतेदसैं मेलाको लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।