जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका २४ जनाविरूद्ध थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले २४ जनाविरूद्ध अनुसन्धान गर्न थप ७ दिनको म्याद पाएको बताए ।