जन्मभुमि खबर ,
पोखरा ।
अदालतबाट आफूलाई दोषी ठहर गर्ने फैसला पुनरवलोकनका लागि दीपक मनाङे भन्ने राजीव गुरुङले दिएको निवेदन फिर्ता भएको छ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला गरेको थियो ।
फैसलापछि उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
सर्वोच्चले पनि सोही फैसला सदर गरेपछि मनाङेले त्यसलाई पुनरवलोकन गर्न निवेदन दिएका थिए ।
तर पछि उनले उक्त निवेदन फिर्ता गर्न भन्दै अर्को निवेदन दिएका थिए । उनको निवेदनमा बिहीबार कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।
इजलासले मनाङेको मागबमोजिम नै हुने आदेश गरेको छ । उनले निवेदन फिर्ताका लागि यही वैशाख ८ गते निवेदन दिएका थिए ।
त्यसअघि उनले २०८१ माघ ४ गते फैसला पुनरवलोकनका लागि निवेदन दिएका थिए ।