जन्मभुमि खबर ,
पोखरा ।
बिहिबार बिहानदेखि ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुने गरि कुटपिट गरेको घटना मंसिरको भएको खुलेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती युवकमाथि मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि कुटपिट भएको हो ।
कुटपिटमा संलग्न एक ट्राफिक प्रहरीसहित अन्य ४ जना ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत रहेको र उनीहरुलाई जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तानिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बिहिबार बिहानैदेखि एक ट्राफिक प्रहरी एक युवकमाथि सडकमा ढलाएर निर्धात बुट बजारेको भिडियो सामाजिक सञ्जाल भाइरल भइरहेको छ । उक्त भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि प्रहरीले त्यसमाथि अनुसन्धान अघि बढाएको थियो ।