नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज पनि हेर्दाहेर्दैमा गएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार कुलमान पक्षको सुनुवाइ सकेर हेर्दाहेर्दैमा परेकोमा बुधबार पनि हेर्दा हेर्दैमा राखिएको छ ।