जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा चट्याङ लागेर २ जना मजदुरको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गर्न गएका २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको स्थानीयले बताएका छन्।

पदमार्गको दोबाटोमा होटल व्यवसायी एवं पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङका अनुसार आइतबार दिउँसो परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो।

पदमार्गको दोबाटोमा होटल व्यवसायी एवं पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङका अनुसार आइतबार दिउँसो परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो।

त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र पदमार्ग फराकिलो बनाउन काम आइतबारदेखि थालिएको थियो।

पदमार्गको स्तरोन्नती गर्न पर्यटन बोर्ड गण्डकी र गाउँपालिकाले १८ लाख रुपैयाँ सहयोग गरेको थियो।

‘पदमार्गको स्तरोन्नती गर्न आजबाट काम थालेका थियौं, दिउँसो असिनापानी र भयंकर चट्याङ पर्यो‍,’ उनले भने, ‘चट्याङ लागेर २ जना मजदुर भाइहरूको दुखद मृत्यु हुन पुग्यो।’

समुन्द्री सतहदेखि ३८०० मिटर उचाइँमा भएको घटनामा हिमपात भएकाले शव निकाल्न मुस्किल भएको पनि उनले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्त शर्माले चट्याङबाट मजदुरको मृत्यु भएको घटना प्रहरीमा आइपुगेको उनले बताए। जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी पठाएको उनले बताए।