स्वागत नेपालसहित थप ३ जना पक्राउ , नवराज सुवेदी घरमै नजरबन्द
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।
उपत्यका प्रहर प्रमुख एआईजी टेकबहादुर तामाङले नेपाल पक्राउ परेको पुष्टि गरे । यसअघि उपत्यका प्रहरीले जन आन्दोलन परिचालन समितिको संयोजन समितिका सदस्य रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई पनि नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उनी हालै राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।