जन्मभुमि खबर ,
पोखरा ।
रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् । ८४ दिन हिरासतमा बसेपछि बाहिरिएका लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।
कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ ।
कास्कीबाट उनी सिधै रुपन्देही जानेछन् । भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन् ।
काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन् । पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।