जन्मभुमि खबर ,
पोखरा ।
म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि बागलुङमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियाे ।
भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ ।