जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको पोखरास्थित फेवातालमा फसेका तीन जनाको उद्धार गरिएको छ ।
मंगलबार हावाहुरीका कारण फेवातालमा फसेका तीन जनालाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो । फेवातालमा डुंगामा सवार बाराको जितपुर-सिमरा उपमहानगरपालिका–२ का ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरि दाहाललाई सशस्त्र प्रहरी बलले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार फेवातालमा प्याडल बोटमा बोटिङ गरिरहेका बेला एक्कासी आएको हावाहुरीका कारण उनीहरू फेवातालमा फसेका थिए । घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको थियो ।