जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पुर्वराजा ज्ञानेन्द्रले गरे स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक अनावरण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडानम्बर १० विरेन्द्र चोकमा अवस्थित स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक अनावरण गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले उक्त शालिकको अनावरण गरेका हुन् । ज्ञानेन्द्र पूर्वराजा वीरेन्द्रका भाइ हुन् । वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए ।

२०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक आज ज्ञानेन्द्रले अनावरण गरेका हुन् ।

राजावदीहरुको सक्रियतामा आठ फिट अग्लो ढलोटको शालिक बनाइएको थियो । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च लागेको बताइएको छ ।

१८ वर्ष पहिले निर्माण गरिएको शालिक माओवादी कार्यकर्ताले तोडफोड गरेर फालेका थिए । वीरेन्द्रको शालिक बनेदेखि सो चोकको नाम वीरेन्द्रचोक राखिएको छ ।

भत्काइएको १८ वर्ष पछि नयाँ शालिक पुनःस्थापना गरिएको हो ।