जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मध्यराती मोटरसाइकल दुर्घटना हुँदा कास्कीकोट र सिमलचौरका दुई युवकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ६ स्थित लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनामा परी पोखराका दुई युवकको मृत्यु भएको छ ।

स्ट्रीट नं. ३ बाट शहीदचोकतर्फ जाने क्रममा सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका–८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदीप जिसीका अनुसार लेकसाइडबाट सहिद चोकतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ स्ट्रिट नम्बर-३ नजिकै सोलार पोलमा ठोक्किन पुगेको थियो ।

टाउकोमा गम्भीर चोट लागेका दुवैको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । चिकित्सकले बिहान २:२० बजे दुवैलाई मृत घोषणा गरेका थिए ।