जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोटिहोमलाइ वाधा नपुर्‍याउन उच्च अदालतको आदेश

जन्मभुमि खबर ,
पोखरा ।

महायज्ञ आयोजनामा बाधा नगर्न पोखरा महानगरलाई
पोखरा उच्च अदालत पोखराले पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञ आयोजनामा कुनै बाधा नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतका मुख्य न्यायाधिश डा. रन्तबहादुर बागचन्दको एकल इजलासले महायज्ञलाई…

पोखरा
उच्च अदालत पोखराले पोखरामा आयोजना हुने भनिएको गण्डकी कोटिहोम ज्ञान महायज्ञ आयोजनामा कुनै बाधा नगर्न पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतका मुख्य न्यायाधिश डा. रन्तबहादुर बागचन्दको एकल इजलासले महायज्ञलाई बाधा नगर्न पोखरा महानगरको नाममा अन्तिम आदेश जारी गरेको हो ।

अदालतले मानव सेवा फाउण्डेशन नेपाल, पोखरा शाखाले महायज्ञ आयोजनामा बाधा पु¥याएको भन्दै पोखरा महानगरपालिलाई विपक्षी बनाएर उच्च अदातलमा निवेदन दिएको थियो । फाउण्डेशनले लेकसाइड बाराहीघाटमा बैशाख १७ देखि जेठ २६ गतेसम्म महायज्ञ गर्ने तयारी गरेको छ ।

महायज्ञका लागि फाउन्डेशनले नेपाल ट्रष्ट, पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा र पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयबाट अनुमती लिएको थियो । तर, पोखरा महानगरले भने महायज्ञका लागि अनुमती नदिएको बताउँदै आएको थियो ।