जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्यानडा विमान दुर्घटनाका सबै यात्रु र चालक दलका सदस्य बाँच्न सफल

जन्मभुमि खबर ,

पोखरा ।

क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल बाँच्न सफल भएका छन् ।

ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले उक्त जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘हामी धेरै खुसी छौं कि कुनै पनि यात्रुको मृत्यु भएन र दुर्घटनाको तुलनामा यात्रुहरूलाई भएको चोटपटक सामान्य थियो ।’

आपतकालीन सेवाका अनुसार दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएका छन् ।

टोरन्टो पियर्सन विमानस्थलले डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आउँदै गरेको बताएको छ । विमानमा ८० जना सवार थिए। तीमध्ये ७६ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। जम्मा १८ जना यात्रुलाई अस्पताल लगिएको थियो ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २:४५ बजे अवतरणको क्रममा पल्टिएको थियो ।

यो विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयरद्वारा सञ्चालित छ।