जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वर्णलक्ष्मी सहकारी मुद्दामा जोशीलाई ५० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

जन्मभुमि खबर ,

पोखरा ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश दिँदै ५० लाख धरौटीमा छाड्न भनेका हुन् ।

यसअघि थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए ।

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।

जोशीले सोमबार अपराह्न धरौटी बुझाइसकेका छन् ।

यसअघि कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारीको मुद्दामा कास्की अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।