जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जाको खेतमा भेटियो बम, सेनाले गर्‍यो डिस्पोज

जन्मभुमि खबर ,

पोखरा ।

स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका ७१ वर्षीय विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो ।

खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो ।

श्री सिंह सारदुल गुल्मा आँधीखोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए ।

उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ । फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।