जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिरामी बोकर आउँदै गरेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका बस्ने ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै रुपाकोट मझुवागढी नगरपालिका १२ बस्ने ३५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । उनीहरु तीनै जना एकै परिवारका रहेको प्रशासनले जनाएको छ ।

खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको ना१ज६४२१ नम्बरको सुमो गाडी गए राति दुर्घटनामा परेको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

गाडी ओखलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।