जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निकोलस भुसाल धरौटीमा रिहा

जन्मभुमि खबर ,

पोखरा ।

निकोलस भुसाल धरौटीमा रिहा भएका छन् ।

भुसाल विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध)को कसुरमा बिहीबार पक्राउ परेका थिए । शुक्रबार (आज) उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गराएको थियो ।