जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा खुकुरी देखाइ लुटपाट गर्ने तीनजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मंसिर २३ गते राति १२ बजेतिर पोखरा महानगरपालिका ३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षका वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारी मानिसहरुले धारिलो हतियार (खुकुरी) देखाई चोरी गरेका थिए ।

वेदुनाथकी पत्नीलाई कुटपिट तथा लछारपछार गरी उनले लगाएका सुनका औँठी र कानमा लगाएका रिङ चोरेर फरार भएको आरोपमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो ।

चोरीको आरोपमा तनहुँ रिसिंङ गाउँपालिका २ काउँशिवपुर घर भई हाल पोखरा महानगरपालिका १५ रामबजार बस्ने ३७ वर्षका मोहन भन्ने मधु सिंङ थापा मगर, बाग्लुङ बाङ्गादोबान गाउँपालिका ३ तमान घर भई हाल पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने ३८ वर्षका प्रकाश थापा र रोल्पा थवाङ गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने ३२ वर्षका गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

घटनामा प्रयोग भएका २ थान खुकुरी सहित बिहीबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद लिएर अनुसन्धान थालिएको पनि कास्की प्रहरीले जानकारी दिएको छ ।