जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नक्कली फेसबुक आइडिबाट अश्लिल भिडियो बनाएर रकम माग्ने पोखराका १ जना सहित दुई जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा केटीको नामको फेक आइडी बनाएर पुरुष व्यक्तिहरुलाई साथी बनाउने र ठगी गर्न खोज्ने तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा पोखरा–२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर–१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका–१ का २१ वर्षीय युनिक सिंह रहेका छन् ।

पक्राउ परेका उनीहरुले फेसबुकमा केटीको नामको आइडी बनाएर पुरुषलाई साथी बनाउने  र भिडियो कल गरी अश्लिल भिडियोहरु देखाएर स्क्रिन रेकर्ड गरी रकम नदिए भिडियो पोस्ट गरिदिन्छु भनी ब्ल्याकमेल गर्दै धम्की दिने  गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई कास्कीमा ल्याएर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर र विद्युतिय अपराध सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।