जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा दाउरा काट्न रुख चढ्दा खसेर मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँमा दाउरा काट्न रुख चढ्दा खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडाका ६५ वर्षीय मनहर्ष राना रहेका छन् ।

उनी आफ्नै बारीमा दाउरा काट्न चिलाउने रुखमा चढदा खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

घाइते उनको उपचारका लागि भीमाद स्वास्थ्य चौकी ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएको डिएसपी खाँणले जानकारी दिए ।

उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।