जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँबाट सम्पर्कविहीन भएका विदेशी पर्यटक भेटिए

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् । क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् ।

उनलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक भेटाएर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनले भने, ‘प्रहरीले निज जान सक्ने सम्भावित ठाउँहरूको खोजी गर्दै जाँदा घाँसीकुवाको माथिपट्टी रहेको जङ्गलमा भेटाएको हो । उहाँलाई आजै काठमाडौं पठाएका छौँ ।’

पोखराबाट काठमाडौं जाने क्रममा ती पर्यटक डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएका थिए । निजको सामान भने सोही दिन काठमाडौं पुगेको थियो ।