जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सडक महोत्सवको पुर्वाद्धमा लेकसाइडमा बृहत सरसफाई, भोलि मेयर आचार्यले उद्घाटन गर्ने

जन्मभुमि खबर ,
पोखरा ।

२५औँ संस्करणको सडक महोत्सवको पूर्व सन्ध्यामा महोत्सव स्थल वरपरको ३ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको छ । होटल प्रतिनिधि समाज पोखराको आयोजनामा भएको कार्यक्रममा रेवानले सहकार्य गरेको थियो । राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कदेखि वडा प्रहरी कार्यालय बैदाम, मुलाखेत, अम्मट, गौरीघाट, बाराहीघाट हुँदै खहरेसम्म सरसफाई गरिएको छ । होटल प्रतिनिधि समाजका महासचिव माधव लम्सालले जानकारी दिए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि र होटल संघका अध्यक्षसहितका प्रतिनिधिले साथ दिएका थिए । कार्यक्रमको समापनका अवसरमा रेवानका अध्यक्ष नरेश भट्टराई, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले सरसफाई कार्यक्रममा सहभागिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । रेवान अध्यक्ष भट्टराईले महोत्सवमा स्वास्थ्य, सुरक्षा लगायतमा पनि आयोजकले विशेष ख्याल राखेको बताए ।

२५औँ संस्करणको सडक महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

महोत्सवको बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोमागाने पार्कमा आयोजना हुने विशेष समारोहका विच उद्घाटन गर्ने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए । उनका अनुसार त्यसअघि बिहान ११ बजे हल्लनेचोबाट बाजागाजा सहित सांस्कृतिक झाँकि निस्कने छ ।