जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्वोच्चले अदालतले सरकारसँग माग्यो टिकटक प्रतिबन्ध लगाउनुको कारण

जन्मभुमि खबर ,
पोखरा ।

सर्वोच्च अदालतले टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सरकारले टिकटक प्रतिबन्ध लगाएपछि परेका सबै रिटको एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीश विनोद शर्माको इजलासले टिकटकमा प्रतिबन्ध लगाउनुको औचित्य माग गर्दै सरकारका नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ।

गत कात्तिक २७ गते बसेको मन्त्रिरिषद् बैठकबाट सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा कम्तीमा ११ वटा रिट निवेदन दर्ता भएका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा. सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, रामकृष्ण बन्जारा, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, पर्शुराम पाण्डे, भद्रप्रसाद नेपाल (स्वागत), अञ्जन धिताललगायतले रिट दायर गरेका हुन्।