जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए।

‘रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा खुकुरी प्रहार भएको छ। खुकुरी प्रहार गर्ने १ जना पक्राउ परेका छन्,’ ढुंगेलले भने ।