जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाली राष्ट्रिय क्रिकेट टाेली स्वदेश फर्कियो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली क्रिकेट टोली एसिया कप क्रिकेट खेलेर बुधबार स्वदेश फर्किएको छ । नेपालले एसिया कपमा विश्वविजेता भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । एसिया कपको उद्घाटन खेलमा विश्व नम्बर एक पाकिस्तानविरुद्ध र त्यसपछि भारतसँग प्रतिस्पर्धा गरेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।

पाकिस्तानसँगको खेलमा नेपाल २ सय ३८ रनले पराजित भएको थियो । पाकिस्तानसँगको खेलमा सोचेअनुरूप प्रदर्शन गर्नबाट चुकेको नेपाल भारतसँगको प्रतिस्पर्धामा भने पाकिस्तानसँग खेल्दाको अनुभवको प्रयोग गरेर २३१ रनको लक्ष्य दिन सफल भएको थियो  ।

नेपालले समूह चरणको निर्णायक खेलमा राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त भएन । फलत: नेपाल विश्व क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भयो ।