बढ्यो सुनको मुल्य
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य पछिल्लो ११ महिना यताकै उच्च हो । यसअघि २०७८ फागुन २५ गते सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई सय रुपैयाँले बढेर एक लाख चार हजार सात सय रुपैयाँ पुगेको छ ।
आइतबार छापावाल सुन तोलालामा एक हजार पाँच हजार र तेजाबी सुन तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर एक हजार चार सय रुपैयाँका किनबेच भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार ३९० रुपैयाँ कायम गरिएको थियो ।