जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा यति विमान दुर्घटना : थप १ जनाको शव फेला , १ जनाको अवस्था अझै अज्ञात

पोखरामा आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको यती एयरलाइन्सले जनाएकाे छ। दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

यससँगै दुर्घटनामा परेका ७२ जना मध्ये ७१ जनाको शव भेटिएको छ भने अन्तिम एक जनाको खाेजी कार्य जारी छ।

त्यसैगरी, यती एयरले काठमाडाैं ल्याइएकाे ४८ वटा शवकाे पाेस्टमार्टमकाे काम सुरु भैसकेकाे पनि जनाएकाे छ। त्रिवि शिक्षण अस्पतालमा पाेस्टमार्टम सकेर शव आफन्तकाे जिम्मा लगाइने बताइएकाे छ।