जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँ घिरिङमा कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न।

विवेक न्याैपाने
घिरिङ सुन्धारा सामाजिक महिला उधमी कृषि सहकारी संस्था लि र घिरिङ गाउँपालिका वडा नं २ काे संयुक्त आयोजना,हेफर ईन्टरनेशनल नेपालकाे आर्थिक सहयोग र घिरिङ गाउँपालिकाकाे समन्वयमा कृषि उपकरण हस्तान्तरण कार्यक्रम बुधबारका दिन सम्पन्न भएको हाे ।

कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिकाका अध्यक्ष हाेम बहादुर थापाले कृषकरूलाई २ थान किटनाशक अैाषधी,८थान हाते टयाकटर प्रदान गर्दै विगतका वर्षहरूमा भन्दा नतिजामुखी कृषि उत्पादनमा बढी जाेड दिनुपर्ने बताउनु भयाे ।

घिरिङ गाउँपालिकाकि उपाध्यक्ष राधा देवि अधिकारीले सहकारीले कृषि क्षेत्रमा गरेकाे कामकाे कदर गर्दै कृषि पेशालाई अझै मर्यादित बनाउनुपर्ने बताउनु भयाे ।

यस्तै घिरिङ गाउँपालिका वडा नं २ का अध्यक्षले कृषि उपकरण हस्तान्तरण कार्यक्रममा सेवाग्राहीहरूले प्रत्यक्ष खुशी व्यक्त गरेको र कृषि क्षेत्रबाट हुने आम्दानीले गाउँकाे विकास हुने कुरा बताउनुभयाे ।

उक्त कार्यक्रमको संचालन हेफर ईन्टरनेशनल नेपालका बजार सहजकर्ता ऋषिकान्त दुवाडीले गर्नु भएको थियो ।