जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सहित केही प्रदेशमा भिषण वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ।

हाल गण्डकी र बागमती , लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, प्रदेश १, मधेश, बागमती, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।

आज राति प्रदेश १, मधेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।