जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

बोर्डले आइतबार एक सूचना प्रकासित गरि अब सुरु हुने कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने जनाएको हो । यसअघि बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो । कक्षा १२ को परिक्षा आगामी जेठ १६ गतेदेखि सुरु हुँदैछ । परिक्षामा करिब ४ लाख विद्यार्थीहरु सहभागी हुने भएका छन् ।