जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वास्थ्य सामाग्री लिएर पुगेका ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, पाँच जना पक्राउ

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसहितको टोलीमाथि सुर्खेतमा आक्रमण भएको छ । कोभिड १९ संक्रमणविरुद्ध मेची महाकाली अभियानमा रहेको शाही सहितको टोलीमाथि आक्रमण गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे उनीहरुमाथि आक्रमण भएको हो ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको बताएका छन् । यता, सुर्खेतमा नेकपा एमालेका कार्यकर्ता समेत रहेका केही युवाले कुटपिट गरेको शाहीले बताएका छन् ।

अभियानका संयोजक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमा कुटपिट पछिको भिडियो पोष्ट गरेका छन् । जसमा उनी रुँदै साथीको घाउचोट हेरिरहेको देख्न सकिन्छ । उनले आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खडका, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बि।सि र खगेन्द्र बजगाई घाइते भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।