जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्प संरक्षक मेहन्द्र कतिलाको कोरोनाका कारण निधन

जन्मभुमि खबर,
पोखरा।

सर्प संरक्षक महेन्द्र कतिलाको कोरोनाका कारण निधन भएको छ । उनको सोमबार चितवनको विपी मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

कतिला पोखराका पहिलो सर्प संरक्षकका रुपमा चिनिन्छन् । उनले अलपत्र परेका सर्पको उद्धार गर्ने गर्थे । पोखरा र आसपासका क्षेत्रमा कसैको घरमा सर्प पस्यो कि पोखरेलीले उनलाई बोलाउने गर्दथे ।

कतिलाले कयौं सर्पको गुँड बनाएर संरक्षण गरेर सर्पको संख्या बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको त्यस क्षेत्रमा काम गर्नेहरु बताउ छन् । विद्यार्थी राजनीतिमाका बेला पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति बनेका थिए ।

उनले कोरोना लागेपछि फेसबुकमा यस्तो लेखेका थिए ।

लापरबाहि नगर्नुस है ! बडो कस्ट पो हुदोररहेछ, कोरोरोरोना पोजेटिब भयेर बस्नुपर्दा ! सारिरिक कस्ट उस्तै महङ्गो उस्तै, सामाजिक अप्ठेरो उस्तै, कोहि भेट्नै नखोज्ने, भुत भेटे जस्थो पो गर्छन।