जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने , गृहमन्त्रीका लागि २ दिन पर्खिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।

करिब चार घण्टासम्म चलेको बैठकमा दुई दिनपछि बैठक पुनः बस्ने र आवश्यक निर्णय गर्ने जानकारी बैठकपछि पत्रकारहरूलाई दिइएको छ ।

पार्टीका प्रवक्ता मुकुल ढकालले भन्नुभयो, ‘‘हामो पार्टीको संयुक्त बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीको फोन आएको छ, उहाँहरूले उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेर छलफल गरौं, त्यसका लागि दुई दिन समय दिन भन्नुभएको छ, त्यसैले आजको बैठकले कु्नै राजनीतिक निर्णय गरेको छैन ।’’

पत्रकारहरूको जिज्ञासामा प्रवक्ता ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय हाम्रै पार्टीले पाउनुपर्छ भन्नेमा पार्टीको अडान कायमै रहेको बताउनु भयो । यसअघि सो पार्टी सरकारबाट बाहिरिँदैछ भन्ने चर्चा पनि चलेको थियो ।